प्रश्नपत्र लुटिएकै हो त ?



ईश्वरराज ढकाल, काठमाडौं

पाटन माविको स्रोत केन्द्रले कक्षा ८ को उत्तरपुस्तिका कोडिङ र डिकोडिङ गर्नभन्दै प्रतिविद्यार्थी १२ रुपियाँ माग्यो। उक्त रकम नदिएको आरोपमा प्रश्नपत्र लुटेर लगेको जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराइयो।

सो कार्यमा संलग्न भनिएको १५ वटा निजी विद्यालयले आफूहरूले प्रश्नपत्र लुटेर नलगेको जवाफ जिल्ला शिक्षा कार्यालयमा पठाए। परीक्षाको दिन चैत २ गते विद्यालय निरीक्षकको रोहबरमा हस्ताक्षर गरी प्रश्नपत्र लैजाँदा लुटेको आरोप लगाउने पाटन माविका स्रोत व्यक्तिलाई कारबाही गर्नुपर्ने निजी विद्यालयको भनाइ छ। प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले जिल्ला शिक्षा कार्यालय ललितपुरको सहमतिपछि विद्यालय निरीक्षकले हस्ताक्षर गरी प्रश्नपत्र लगेकामा लुटेको आरोप लगाउनु गलत भएको बताउनुभयो।

डिकोडिङ गर्न प्रतिविद्यार्थी १२ रुपियाँ माग्दा नदिएको झोंकमा स्रोत व्यक्ति सत्यनारायण महर्जनले विद्यालयमाथि आरोप लगाएको प्याब्सनको भनाइ छ।

स्रोत व्यक्ति महर्जनले आफूले रकम नमागेको तर कामका लागि केही खर्च हुने जानकारी गराएको बताउनुभयो। स्रोत व्यक्तिको भनाइको आधारमा जिल्ला शिक्षा कार्यालय ललितपुरले १५ वटा विद्यालयलाई स्पष्टीकरण सोधेको छ। जिल्ला शिक्षा अधिकारी डिलनाथ पुरीले स्रोत व्यक्ति र विद्यालयबीचको टकराबको कारण समस्या आएको बताउनुभयो। ‘हामीले १५ विद्यालयलाई स्पष्टीकरण सोधेका छौं, स्रोत व्यक्तिले रकम मागेको हो कि होइन भन्ने विषयमा छानबिन गर्नेछौं।’

प्याब्सनले भने १२ रुपियाँ नदिएकै कारण अनाहकमा आरोप लागेको दाबी गरेको छ। स्रोतव्यक्ति महर्जनले भने जिशिकाले छानविन गरिरहेको घटनामा तत्काल आफू बोल्न नमिल्ने बताउनुभयो।

प्रायः परीक्षाको समयमा यस्ता लफडा धेरै हुने गरेको छ। सरकारले जिल्ला स्तरीय परीक्षाका लागि प्रतिविद्यार्थी १ सय ५० रुपियाँ मात्र उठाउन बारम्बार निर्देशन दिँदा जिल्ला शिक्षा कार्यालयहरूले मनोमानी रकम अशुल्ने गरेका छन्। शिक्षकलाई प्रश्नपत्र परीक्षण गर्न दिनुपर्ने, कापी र अन्य मसलन्द खरिद गर्नुपर्ने भन्दै स्रोतव्यक्तिले मनोमानी रूपमा रकम असुल्ने गरेका छन्। ललितपुरका जिल्ला शिक्षा अधिकारी पुरीले १ सय ५० भन्दा बढी रकम अशुल्ने स्रोतकेन्द्रमाथि कारबाही गरिने बताउनुभयो। परीक्षाको समयमा जिल्ला शिक्षा कार्यालय मातहतमा रहेका स्रोतव्यक्तिको कमाउ धन्दा सञ्चालन हुने गरेको छ।

लुभु स्रोतकेन्द्रका स्रोतव्यक्ति हिमबहादुर थापाले सबै संस्थागत विद्यालयका प्रिन्सिपल र स्रोतव्यक्तिको संयुक्त बैठकले बढी रकम असुल्ने निर्णय गरेको बताउनुभयो। हुन त १ सय ५० रुपियाँ हो, परीक्षालाई व्यवस्थित गर्न ,शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गरेको रकम दिन बढी रकम लिएको स्विकार्नुभयो। सो स्रोत केन्द्रले ४ सय ५० रुपियाँ असुलिरहेको छ। पाटन स्रोतकेन्द्रमा विवाद भएकाले रकम लिन सकेको छैन। सो स्रोतकेन्द्रले ३ सय ५० रुपियाँ असुल्ने तयारी गरेको थियो। अधिकांश स्रोतकेन्द्रले ३ सय ५० भन्दा माथि रकम असुलिरहेका छन्।

सानेपा टीका विद्याश्रम स्रोतकेन्द्रले ३ सय ५० रुपियाँ असुलिरहेका छन्। सबैले ७७ रुपियाँदेखि ४ सय ५० रुपियाँ असुलिरहेको दाबी गर्दै प्याब्सनका अध्यक्ष कार्कीले भन्नुभयो– ‘हामीले जिशिकाले तोकेअनुसार रकम उठाऔं भन्दा पनि स्रोतकेन्द्रले मनोमानी गरिरहेका छन्। जिशिअ पुरीले भने मनोमानी रकम लिने स्रोतकेन्द्रमाथि कारबाही थालिने स्पष्ट पार्नुभयो। ‘१ सय ५० रुपियाँभन्दा बढी असुल्ने स्रोतकेन्द्र पत्ता लगाउनुस् तत्काल कारबाही गर्नेछु –उहाँको

प्रतिक्रिया दिनुहोस्