समानुपातिकतर्फ ३ प्रतिशत मत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई मात्रै राष्ट्रिय दलको मान्यता



बुधबार सिंहदरबारमा बसेको बैठकले निर्वाचनमा समानुपातिक प्रतिनिधित्वका लागि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले तीन प्रतिशत थ्रेस होल्ड राख्न सिफारिस गरेको छ । समानुपातिकमा प्रवतिनिधित्व गर्न कुल मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनुपर्ने गरी भर्खरै उपसमितिले यसलाई समितिमा सिफारिस गरेको हो ।

यसपछि यसलाई राज्य व्यवस्था समितिले अनुमोदन गरेपछि राजनीतिक दल सम्बन्धी विधेयक संसदमा जानेछ ।

‘राष्ट्रिय दलको मान्यता प्राप्त गर्न लागि तीन प्रतिशत थ्रेस होल्ड र प्रत्यक्षमा एक सिट जित्नुपर्ने प्रावधान राखिएको छ। यो व्यवस्था अनुसार कुनै पनि दलले समानुपातिक सांसद पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनुपर्छ । यद्यपी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा १ सिट जित्नै पर्नेछ ।

थ्रेस होल्डमा साना दलहरुले चर्को असहमति जनाउँदा जनाउँदै पनि उपसमितिले यसलाई समितिमा पारित गरेको हो । एक सिट पनि प्रत्यक्षमा नजित्दा पनि थ्रेसहोल्डको सजिलो प्रावधानका कारण अहिले संसदमा एक दुई सिट भएका दलहरु धेरै भएका छन्। उनीहरुले यो निर्णयलाई सदनमा कुरा उठाउने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्