एसएसपी सहितका ५ छुटे



काठमाडौं, (नेस)
३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई २ लाख धरौटी माग गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुनतस्करीमा संलग्न रहेका मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १–१ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ।
त्रिभुवन विमानस्थलमा सेटिङ मिलाएर सुन अवैधरुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ।

त्यस्तै अबैध सुन किन्ने ब्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ। सुन ल्याउने भरियालाई चाहिं अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ। धरौटी मागेकाहरू श्ुाक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।
राजकुमार श्रेष्ठ, श्रीनारायण यादव, श्यामकृष्ण श्रेष्ठ, गंगाप्रसाद भुजेल, प्रधुम्नहरि श्रेष्ठ, तेजबहादुर श्रेष्ठ,लगायतलाई पुर्पक्षमा थुनामा राख्ने आदेश अदालतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्