हस्तान्तरण नगर्दै खाल्डैखाल्डा



ललित सिंह, बझाङ
कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्गअन्तर्गतको सडक बिग्रिएको छ। बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने एक मात्र पक्की सडक हस्तान्तरण नहुँदै बिग्रिएको हो।

जयपृथ्वीबहादुर सिंह मार्गको योजना कार्यालयले काम सम्पन गरी हस्तान्तरण गर्ने चरणमा रहेको यो सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ। बझाङलाई अन्य जिल्लासँग जोड्ने १ सय ८ किलोमिटर लम्बाइ रहेको एक मात्र सडकको पिच उप्किएर दजर्नाैं स्थानमा खाल्डाखुल्डी परेका छन् भने कतिपय स्थानमा सडकमै पानीका तलाउहरू जमेपछि यस सडकमा यात्रा गर्नेहरूले सास्ती बेर्होनुपरिरहेको छ।

‘सडकमा खाल्टा परेर यात्रा गर्नै नसकिने भइसकेको छ’, जिप चालक राम रोकायाले भने– ‘बाटो राम्रो नभएका कारण ठाउँठाउँमा गाडी बिग्रने हुन्छ। यो बाटोमा चल्ने नयाँ गाडीहरू पनि छिटोछिटो बिग्रन्छन्।’ खाल्डाखुल्डीका कारण गाडीको पट्टा भाँचिने, पानी पसेर हर्नले काम नगर्ने र इन्जिनले चाँडै काम गर्न छोड्ने गरेको उनले बताए।

बाटोका कारण ठाँउठाउँमा गाडी बिग्रँदा यात्रुले भनेको समयमा तोकिएको गन्तव्यमा पुग्न ढिलाइ हुने गरेको, कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले बिरामीहरूलाई यात्रा गर्न निकै दुःख हुने गरेको यात्रु मकरराज धामीले बताए। उनले भने– ‘बागथलादेखि चैनपुरसम्म पुग्दा गाडी हल्लिएर सद्धे मान्छे पनि बिरामी जस्तै भइसक्छ। पिच भएको एक वर्ष नपुग्दै पुरै बाटो कच्चीभन्दा पनि खतम भइसकेको छ।’

पाँच वर्ष पहिले पिच गरिएको खोड्पेदेखि बागथलासम्मको सडकखण्डमा खासै समस्या नभए पनि तीन वर्ष अघिदेखि शुरू गरिएको बागथलादेखि चैनपुरसम्मको ४० किलोमिटर सडकको प्रायजसो पिच उप्किसकेको छ। ओटाशिल प्रविधिमा आधारित यस सडकको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ। नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंग सिहंका अनुसार पिच गरेर नसक्दै धेरै ठाउँमा उप्किन थालिकेको थियो।

सडकको गुणस्तर राम्रो बनाउनुभन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो भएको हो सर्बसाधारणको आरोप छ।
विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको सो सडकको बागथलादेखि झोतासम्म लुिम्बनी र लोहनी निमार्ण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निमार्ण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए।

सडकको समानान्तर निर्माण भएका सिंचाइ कुलोहरूबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निमार्ण गर्दा खसेको ढु·ा र माटोले पिच बिग्रेको र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण छिटै सडक विग्रिएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालको भनाइ छ।

जयपृथ्वी सडक मार्ग योजनाको कार्यालयले सडक हस्तान्तरण गर्ने अन्तिम तयारी गरिरहेको बताउँदै खनालले भने ‘डिभिजन सडक कार्यालयलाई हस्तान्तण भै सकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउने तयारी गरिरहेका छांै’ अबका दिनमा नियमित मर्मत सम्भार गर्ने कर्मचारीको पनि व्यवस्था गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्