आईजिपी प्रकरण पूर्ण इजालसमा सुनुवाई हुने



काठमाडौं (नेस),डीआईजी जयबहादुर चन्दलाई आईजीपी मा नियुक्ति गर्ने बारे सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।पुर्ण इजलासको सुुनुवाईका लागि चैत ६ गतेका लागि मिति तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले डीआईजीको कार्यसम्पादनको मुल्यांकन गर्न गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यलयलाई जीम्मा दिएको छ ।

उक्त मुल्यांकन अबको २४ घन्टाभित्र बुझाउनु पर्ने आदेश पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्