गौतमको पोस्टमार्टम गरियो ११ तोपको सलामी दिइने



हेमन्त पौडेल, कैलाली
भारतीय सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको शनिबार पोस्टमार्टम भएको छ। गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी ल्याइएको थियो।

उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटैमा मृत्यु भएका गौतमको शनिबार सेती अञ्चल अस्पताल धनगढीमा पोस्टमार्टम गरिएको हो। पोस्टमार्टम ढिला भएकाले आइतबार मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। गौतमको शवलाई अन्त्येष्टिका लागि कञ्चनपुरको दोदा नदीमा लैजाने कार्यक्रम रहेको स्थानीय बासिन्दा तथा पत्रकार नहकुलदेव जिसीले जानकारी दिए।

आइतबार बिहान ८ बजे सेती अञ्चल अस्पतालबाट शवयात्रा निकाली दोदा नदीमा अन्त्येष्टि गरिनेछ। सो अवसरमा नेपाल प्रहरीको एक सेक्सन टुकडीले गौतमलाई ११ तोपको सलामी दिने कार्यक्रम रहेको कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्दले जानकारी दिए।

ती आठ सैनिकहरू आफ्नो कार्य गरिरहँदाको अवस्थामा तत्कालीन विद्रोही पक्षबाट जवर्जस्ती लगी हालसम्म पनि बेपत्ता बनाइएको आरोप सैनिक मुख्यालयबाट लगाइएको छ। आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले सैनिक मुख्यालयबाट आयोगमा केही सैनिकहरू वेपत्ता बनाइएको भनी पत्र आएको नेपाल समाचारपत्रसँग स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो– ‘सैनिक मुख्यालयबाट विद्रोही पक्षबाट केही सैनिकहरू वेपत्ता बनाइएको भनी पत्र आएको छ। उनीहरूका बारेमा छानविन हुँदै छ।’

आयोगमा पहिलो चरणको अवधिमा २ हजार ८ सयभन्दा बढी उजुरी आएको र त्यसको पहिलो चरणको छानविन सकि दोस्रो चरणको छानविन धमाधम भइरहेको बताइएको छ।

आयोगले हाल पुन उजुरी मागिरहेको छ। आयोगले आगामी चैत १५ गतेसम्म उजुरी दिन पाउने गरी समयावधि तोकेको छ। हाल आयोगमा फाट्टफुट्ट उजुरी आउन थालेको पनि आयोगबाट थाहा भएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगको एक वर्षको म्याद थपिएको हिजो शुक्रबार ठीक एक महिना पूरा भएको छ। यस बीचमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा केही पनि कार्य हुन सकेको छैन। आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ आयोगकी अर्का सदस्य माधवी भट्टलाई नहटाएसम्म कार्यालय नजाने प्रधानमन्त्रीलगायतलाई बताउँदै आउनुभएको छ।

आयोग स्रोतले नेपाल समाचारपत्रलाई भन्यो– ‘आयोगका अध्यक्षले कि त ती सदस्यलाई हटाउन पर्यो कि त आफूले केही दिनपछि राजीनामा दिने भन्दै सम्बन्धित निकाय र व्यक्तिलाई भन्दै हिँड्नु भएको छ।’

प्रतिक्रिया दिनुहोस्