मन्त्रीमण्डल विस्तार अध्यक्ष थापासहित २ मन्त्रीले लिए शपथ



काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका अध्यक्ष कमल थापासहित दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका अध्यक्ष थापा र राप्रपाकै नेता दिलनाथ गिरीलाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन्। अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मवारी पाउने गरी सरकारमा सहभागी भएका हुन्।

त्यस्तै राप्रपाका अर्का नेता गिरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले स्थानीय विकास मन्त्री माओवादीका हितराज पाण्डे र पर्यटनमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही छन्।

प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका दुई मन्त्री फिर्ता बोलाएर खाली हुने मन्त्रालय राप्रपालाई दिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्