एसएसबीले गोली हानेको होइनः भारत



काठमाडौं, (नेस)
कञ्चनपुरको आनन्दबजारमा भएको घटनामा भारतीय सुरक्षा बल (एसएसबी)ले गोली नचलाएको भारतीय पक्षले दाबी गरेको छ। काठमाडौंस्थित भारतीय दूतावासले सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको हो।

‘आनन्दबजारस्थित सीमाक्षेत्र नजिक एसएसबीले गोली चलाएको घटनालाई कडारूपमा अस्वीकार गरिन्छ, त्यहाँ शान्तिपूर्ण अवस्था कायम गरेर दुवै पक्षका सर्वेक्षण अधिकारीहरूको छलफलको खाँचो छ।’ –दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सीम स्तम्भ निक्र्याल गरेर कुनै पनि निर्माण कार्य अघि बढाउनुपर्ने दूतावासको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्