एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु



धनगढी, (नेस)।
कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।

नेपाली भूमिमा आएर कुटपिट गरेको विरोधमा आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको हो ।

गोली लागि घाइते भएको स्थानीय गोविन्द गौतमका उपचारका लागि धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको धनगढीका संबाददाता हेमन्त पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्