संयमित हुन बेलायतको आग्रह

0
Shares

काठमाडौं, (नेस)
सप्तरीमा सोमबार भएको हिंसात्मक घटनाबारे संयुक्त अधिराज्य बेलायतले समेत चासो व्यक्त गरेको छ।

काठमाडौंस्थित बेलायती दूतावासले सो घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा निकाय तथा राजनीतिक दलहरूलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढंगबाट अघि बढ्न आग्रह गरेको छ। सरकारले आगामी वैशाख मसान्तका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनबारे बेलायत पछिल्लो घटनाले गम्भीर र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Skip This