मारिएकालाई १० लाख क्षतिपूर्ति

0
Shares

काठमाडौं, (नेस)
सप्तरीमा घटनामा मारिएका ४ जनालाई सरकारले प्रतिपरिवार १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सोमबार सप्तरीको राजविराजमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गर्नुका साथै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ।

आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ। बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न राजनीतिक दललाई अपील गर्ने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो। मन्त्रिपरिषद्को बैठकले ७ सय ४४ स्थानीय तहको इकाइ कार्यालय स्थापना गर्न प्रतिइकाइ १ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो।

Skip This