सप्तरी घटनाका कारण राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित



काठमाडौं, नेस ।
सप्तरी घटनाका कारण देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय एकता यात्रा स्थगित गरेको छ। सोमबार भएको उक्त घटनायता मधेस आन्दोलित बनेपछि राप्रपाले यात्रालाई स्थगित गरेको हो ।

चुनावको लागि अनुकूल वातावरण सिर्जना गर्न भन्दै राप्रपाले चैत ७ गतेदेखि एकता यात्राको तयारी गरेको थियो।

सप्तरी घटनाले गर्दा उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै यात्रा स्थगित गरेको पार्टीले आज जारी गरिएको विज्ञप्तीमा उल्लेख छ– हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावको निमित्त अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थगित गर्ने निर्णय गरिएको छ ।

राप्रपाले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको थियो। केही दिनअघिको पदाधिकारी बैठकले राष्ट्रियता, सनातन धर्म र विकासका साथै स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्‍याउनमा यात्रा केन्द्रित हुने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्