सानोठीमी क्याम्पसमा आगजनी, चुनाव रोकिदैनः क्याम्पस प्रमुख



काठमाडौं,(नेस) । स्ववियु चुनावको विषयलाई लिएर देशका विभिन्न कलेजहरुमा झडप र तोडफोडका घटनाहरु तिव्र रुपमा घटिनै रहेका छन् । आज मंगलबार पनि भक्तपुर स्थित सानोठिमी कलेजमा आगजनी र तोडफोड भएको छ । तर क्याम्पस प्रमुखले भने कुनै हालतमा चुनाव नरोकिने दावी गरेका छन् ।

आगजनीबाट केही कागजपत्र जलेर नष्ट भएतापनि निर्वाचन सम्बन्धी सबै कागजात सुरक्षित रहेको र चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमीरेले बताउनुभयो ।

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल थियो र अनेरास्ववियु तथा अखिल क्रान्तिकारीले अर्को प्यानल खडा रहेको थियो ।

चुनाव हार्ने निश्चित भएपछि एमाले निकट अनेरास्ववियु र विप्लव निकट पक्षका क्रान्तिकारीले सोमबार राति क्याम्पसमा आगजनी गरेको अखिल क्रनन्तिकारीका महासचिव बीरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्