फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको मृत्यु



मनिला, ९ माघ । फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।

मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिनुभएको छ ।

मृतकमध्ये १० जना विद्यार्थीको घटनास्थलमै र एक जना चालकसहित चार जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

घाइते ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा लगिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्