पूर्वराजालाई गाडीमै स्वागत



हेटौंडा,(नेस) । पूर्वराजा ज्ञानेन्द्रलाई शुक्रबार दिउँसो हेटौंडामा स्वागत गरिएको छ । सिमराबाट चितवन जाने क्रममा हेटौंडा आइपुग्नुभएका उहाँलाई हेटौंडाको बुद्धचोकमा स्वागत गरिएको हो ।

सिमराबाट हेटौंडा आउने खबर पाएसँगै ज्ञानेन्द्रका समर्थक पुष्पगुच्छासहित सडकमा लामबद्ध भएका थिए । शुभेच्छुकहरुले पुष्पगुच्छा दिएर स्वागत गरिरहँदा ज्ञानेन्द्र मुस्कुराउनुभयो ।

आफैंले गाडी चलाउनुभए उहाँ गाडीबाट भने ओर्लिनुभएन । गाडीभित्र रहनुभएकी पूर्वरानी कोमल पनि मुस्कुराइ रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्