राष्ट्रिय पुस्तक दिवस मनाउन माग



काठमाडौँ, १९ माघ । सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ ।

महासङ्घले तीन वर्षदेखि आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै आए पनि सरकारले मान्यता दिनुपर्ने माग गरेको हो । अन्तर्राष्ट्रियरुपमा हरेक २३ अक्टोबारमा पुस्तक दिवस मनाइन्छ ।

महासङ्घका महासचिव नवनिधि पन्तले आज पूर्वाञ्चलको इटहरीमा भेला आयोजना गरेर दिवस मनाउने जानकारी दिँदै सरकारलाई औपचारिकरुपमा पुस्तक दिवस मनाउन माग गर्नुभयो । दिवसले पठन संस्कृतिको विकासमा सहयोग र प्रवद्र्धन गर्ने उहाँले बताउनुभयो ।

यसैबीच, आज विभिन्न शिक्षालय र सरस्वती मन्दिरमा श्रीपञ्चमी मनाइँदैछ । रासश

प्रतिक्रिया दिनुहोस्