नाडाल सेमिफाइनलमा



 

मेलबर्न, अष्ट्रेलिया / यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्पmको अन्तिम क्वार्टर फाइनल खेल जित्दै स्पेनी ख्ेलाडी राफाल नाडाल सेमिफाइनलमा पुगेका छन् ।

नवौं वरियता प्राप्त तथा पूर्व विश्वनम्बर १ खेलाडी नाडालले आज बुधबार अपरान्ह भएको खेलमा तेस्रो वरियता प्राप्त क्यानेडियन खेलाडी मिलोस रायोनिकलाई ६–४, ७–६ र ६–४को अन्तरले पराजित गरेकाहुन् ।

शुक्रबार हुने सेमिफाइनलमा राडालको प्रतिस्पर्धा बुल्गेरियन खेलाडी डिमिट्रोभ संग हुनेछ । १४ पटक ग्राण्ड स्लम उपाधि उचालिसकेका नाडाललाई ५ पटक सेमिफाइनलमा पुग्ने क्यानेडियन खेलाडी रायोनिकलाई हराउन झण्डै तीन घण्टा संघर्ष गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्