बचत तथा ऋण सहकारी संघ लिमिटेड अछामको १६ औँ साधारण सभा सम्पन्न



बिष्णुप्रसाद भण्डारी अछाम, ९ माघ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अछामको १६ औँ साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । संघ लिमिटेडका अध्यक्ष मोतीबहादुर थापाको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथी नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक समिति सदस्य माधवप्रसाद जोशी रहनुभएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ अछामका पूर्व अध्यक्ष नवराज देवकोटा रहनुभएको थियो ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस अछामका उपसभापती चन्द्रप्रसाद ढुङ्गाना, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, नेकपा माओबादी केन्द्रका केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य सरस्वती रावल, सम्पूर्ण पत्रकारहरुको तर्फाबाट नेपाल समाचारपत्रका अछाम सम्बाददाता बिष्णुप्रसाद भण्डारी, सहकारीकर्मी ध्रुब थापा, दुर्गा टमट्टा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा अध्यक्ष मोतीबहादुर थापाले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सदस्य सुरतबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्