राष्ट्रपतिसँग भोलि पूर्वराजाको भेटघाट, ज्ञानेन्द्र विवाहको निम्तो मान्न सवा बाह्र बजे जाँदै



ईश्वरराज ढकाल–

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्रबीच भोलि सोमबार गणतन्त्र स्थापनापछि पहिलो भेटघाट हुने भएको छ । पूर्व राजा ज्ञानेन्द्र पूर्व रानी कोमल सहित राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहमा सहभागी हुन भोलि मध्यान्ह सवा १२ बजे शितल निवास जानुहुने भएको छ ।
राष्ट्रपति भण्डारीले निम्तो कार्ड पठाएपछि पुर्वराजा र रानी विवाहको निम्तो मान्न शितल निवास जान लाग्नु भएको हो ।
कान्छी छोरी निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसँग राष्ट्रपति भवनभित्रै सोमबार विवाह हुँदैछ ।
पूर्व राजा शितल निवास जाने भएपछि उहाँका अंग रक्षक सशस्त्रका प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठ सहितको टोली केही बेर अघि रेक ीगर्न शितल निवास पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्