सरकारले गर्यो प्राधिकरणका सीईओ ज्ञवालीलाई बर्खास्त



काठमाडौं, २१ पुस । काम सन्तोषजनक नभएको भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको छ । उनलाई सरकारले स्पष्टीकरण मागेको थियो भने उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।

अर्को सीईओ आजै नियुक्त गर्ने मन्त्रिपरिषद स्रोतले बताएको छ । केपी ओली नेतृत्वको सरकारले १० पुस २०७२ मा ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।

पुनर्निर्माणको काममा लिनु पर्ने गति निकै सुस्त भएको भन्दै प्रधानमन्त्रि पुष्पकमल दाहाल ज्ञवालीप्रति रुष्ट हुँदै आएको थियो । तर, उनले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गर्दै आएका छन् । ज्ञवालीले आफूलाई हटाए अदालत जाने भन्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्