गएराति परेको हिमपातले रसुवाको जनजिवन प्रभावित



रसुवा, ११ पुस । हिमाली जिल्ला रसुवामा गए राती हिमपात परेको छ ।

हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको माथिल्लो भागको ८ ओटा गाविसको जनजिवन प्रभावित भएको छ ।

रसुवाको लाङटाङ, गोसाईकुन्ड तथा चन्दनबारी आसपासको क्षेत्रमा हिमपात भएको छ भने अन्य ठाँउ बर्षा भएकोे छ ।

हिमपात र बर्षाले चिसो बढाएकाले जनजिवन प्रभाबित भए पनि किसानले लगाएको हिउदेबाली लाई राहत मिलेकोमा किसान भने हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस्