वासिङटनको तटिय क्षेत्रमा भेटिएको रोगी जवान ह्वेल । उक्त ह्वेललाई बचाउन वैज्ञानिकहरुले डार्टबाट एन्टिबायोटिक दिएका छन् । अहिले उक्त ह्वेलमा सक्रियता र स्फुर्ती देखिएको छ ।
आइतबार दिउँसो बौद्धनाथ परिसरमा पानीमा रुझ्दै स्कुलबाट फर्किरहेका बालकहरू। तस्वीर ः मोनिका\काठमाडौं
संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगले चीनले उइघुर जातिलाई दमन गरेको आरोप लगाएको छ ।
अमेरिकाको सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरीएको होराइजन एयरलायन्सको एउटा खाली विमान समुद«ी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका बुबा विक्टर र आमा अमालिजा क्नाव्ज न्युयोर्कमा तिनीहरुको वकिलको एक विज्ञप्ती सुन्दै। प्रथम महिलाका मातापिताले बिहीबार अमेरिकी नागरिकता प्राप्त गरेका छन्।
इन्डोनेसियाको लोमबोकमा बिहीबार आएको शक्तिशाली पराकम्पनका कारण त्रासले अतालिएका स्थानीय वासिन्दाहरु। ५ दशमलव ९ म्याग्निच्युडको पराकम्पन भूकम्पपीडितहरुका लागि थप पीडा बनेको छ।
गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली तीजसम्बन्धी कार्यक्रमका लागि अस्ट्रेलियाको सिड्नीमा।
ललितपुरको नःटोलस्थित पोखरीमा पौडी खेल्दै एक बालक । तस्वीर ः उजोल डंगोल/काठमाडौं
गाजा क्षेत्रमा भएको श्रृंखलावद्ध इजरायली हवाई आक्रमणमा तीनजना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
चिलीका पूर्वराष्ट्रपति मिसेल ब्यासेलेट राष्ट्रसंघको मानव अधिकार प्रमुख नियुक्त ।
बंगलादेशी वरिष्ठ फोटो पत्रकार सैदुल अलामको निसर्त रिहाईको लागि फोटो पत्रकार क्लब नेपाल, फोटो सर्कल लगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा बङलादेश राजदूतावासमा आयोजना गरिएको धर्ना एबम ज्ञापनपत्र बुझाउने कार्यक्रममा
रत्नपार्कमा नगरप्रहरीको आगमनबाट लखेटिएका फुटपाथे पसलेहरु पुन व्यपार गर्न फर्कदै। कुनै समयमा फुटपाथे बजारका रुपमा प्रख्यात रत्नपार्क केहिबर्ष आघि महानगरपालिकाको सक्रिय भूमिकामा बजार विस्थापित गरिएको थियो। यस ठाउमा महानगरपालिकाको कडा
थाइल्यान्डको बाढीग्रस्त गुफाबाट उद्धार गरिएका फुटबल टोलिका तीनजनालाई नागरिकता प्रदान गरिएको छ ।
इटालीमा १६ जना सहकर्मि सडक दुर्घटनामा मारिएपछि हडतालमा उत्रेका आप्रवासी मजदुर ।
भारतको तमिलनाडु राज्यका पुर्व मुख्यमन्त्री तथा डीएमकेका अध्यक्ष एम करुणानिधिको शवमा श्रद्धान्जली दिँदै पार्टीका कार्यकर्ता । मंगलबार करुणानिधिको ९४ बर्षको उमेरमा उनकै आवासमा निधन भएको छ ।
इटालीको बोलोग्ना बहिर एक राजमार्गमा शक्तिशाली विस्फोटन हुँदा निस्केको धुँवा तथा आगोका ज्वाला । उक्त विस्फोटनमा दुई जनाको ज्यान गएको छ ।
वेलायतमा आगामी अक्टोवर सम्म गर्मी हुने त्यहाँको मौसम विभागले जनाएको छ ।
स्विस प्रहरीले गर्मीमा पनि कुुकुरका खुटा नपोलोस् भनी तिनीहरुलाई जुत्ता लगाइदिन आब्हान गरेको छ ।
काम पछिको मिठो निद्रास् सोमबार जमल स्थित रिक्सामा थकाइ मार्दै रिक्सा चालक । तस्विरः मोनिका मल्ल
इंग्लिस क्रिकेटर बेन स्टोक्स आफुसँग जोडिएको झगडाको मामिलाको सुनवाईमा ब्रिस्टलस्थित अदालतमा जाँदै । गत वर्ष २५ सेप्टेम्बरमा ब्रिस्टल नाइटक्लबमा मदिरापान गर्दै राति झगडा गरेको उनीमाथि आरोप छ । उनले दुई