लताको स्वरको प्रतिध्वनि सुमन अब स्मृतिमा

846
Shares

आजकल तेरे मेरे प्यारके चर्चे हर जबान पर बोलको हिन्दि फिल्म जगतको लोकप्रिय गीतकी गायिका सुमन कल्यानपुरको आइतार ८९ वर्षको उमेरमा निधन भएको छ। उनकी नजिकको साथी मंगला खाडिलकरले भारतिय सञ्चार माध्यमलाई जानकारी गराएअनुसार सुमनले राति ८ बजे अन्तिम श्वास लिएकी थिइन्।

दिग्गज गायिका लता मंगेशकरको स्वरसग मिल्दोजुल्दो स्वरकी सुमनले ११ भाषामा ३ हजारभन्दा बढी गीत गाएकी थिइन्। उनको जन्म ढाकामा २८ जनवरी १९३७ मा भएको थियो। सन् १९५८ मा रामानन्द कल्याणपुरस“ग विवाह गरेपछि उनी सुमन हेम्मडीबाट सुमन कल्याणपुर बनेकी थिइन्।

उनले सन् १९५३ मा पहिलोपटक मराठी फिल्म शुक्राची चादनीका लागि गीत गाएकी थिइन्। सन् १९५४ मा मंगूमा पहिलोपटक उनले गीत गाएपछि हिन्दी फिल्म नगरीमा उनको नाम चल्न थालेको थियो। उनको स्वर दिग्गज गायिका लता मंगेशकरस“ग मिल्दो जुल्दो भएकाले कतिपय श्रोतालाई कसको स्वर भनेर छुट्याउन गाह«ो पर्ने गरेको थियो।

६० को दशकमा सुमनको धेरैजसो हिट गीत मोहम्मद रफीस“गका थिए। जसमा, ना ना करते प्यार तुम्हीसे कर बैठे तुमने पुकारा और हम चले आए (राजकुमार १९६४), (जब जब फूल खिले १९६५), तुमसे ओ हसीना कभी मोहब्बत न मैने करनी थी (फर्ज १९६७), आजकल तेरे मेरे प्यारके चर्चे हर जुबान पर (ब्रम्हचारी १९६८), मुख्य रहेका छन्। यसमध्ये आजकल तेरे मेरे प्यारके चर्चे गीत निकै लोकप्रिय भयो र आज पनि यो गीत लोकप्रियको शिखरमा छ।

यस्तै, १९६८ मा रिलीज भएको साथी फिल्मको गीत मेरा प्यार भी तू है (मुकेशस“ग गाएको) पनि हिट भएको थियो। १९६४ मा रिलीज भएको नूर महलको सोलो गीत मेरे मेहबुब ना जा र १९६९ मा रिलीज भएको जहा“ प्यार मिलेको उनल गाएको टाइटल गीत पनि हिट भएको थियो। ७० को दशकमा सुमनको हिट गीतहरू है ना बोलो बोलो, एकसे बढकर एक, ये दुनिया“ बदलते रिश्तेलगायत हुन्। तर, ८० को दशकमा आएपछि भने सुमनलाई कम अवसर मिलेको थियो। त्यतिबेला नसिब (१९८१) को गीत जिन्दगी इम्तिहान लेते है बोलको गीत लोकप्रिय भएको थियो।