काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान तथा संघीय संसद् सचिवालय सम्बन्धी कानुनी व्यवस्थाअनुसार राईलाई पदमुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उनको पदमुक्ति सम्बन्धी निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ।
हर्कराज राई केही समयदेखि विवादमा तानिएका थिए।
संसद् सचिवालयभित्रको प्रशासनिक कामकारबाही, व्यवस्थापन तथा आचरणसम्बन्धी विषयलाई लिएर उनीमाथि प्रश्न उठ्दै आएको थियो।
पछिल्लो निर्णयसँगै संसद् सचिवालयमा नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
यस विषयमा सरकार वा संसद् सचिवालयले विस्तृत धारणा सार्वजनिक गरिसकेको छैन। थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया