सिद्धार्थ वनस्थलीद्वारा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको सम्झनामा स्मृति दिवस 

2.63k
Shares

काठमाडौं। 

सिद्धार्थ वनस्थली इन्स्टिच्युटले नेपालको शैक्षिक विकासका उज्ज्वल नक्षत्र समेत रहनुभएका बहुआयमिक व्यक्तित्व तथा आफ्ना संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको सम्झनामा शुक्रवार ५ औ स्मृति दिवस सम्पन्न गरेको छ । 

 विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी डा सर्वोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो स्मृति दिवसमा विद्यालयका प्रिन्सिपल रुपक राजवंशीले स्वर्गिय  लक्ष्मण राजवंशी र उहाँको टिमको त्याग, बलिदान र समर्पणका कारण सिद्धार्थ वनस्थली इन्स्टिच्युटले देश विदेशमा ख्याति राख्दै आजको अवस्था सम्म आउन सफल भएको बताउनुभयो ।  उहाँले वनस्थलीबाट उत्पादन भएको जनशक्ति आज देश, राज्यव्यवस्था र  राजनीतिको माथिल्लो तहसम्म पुग्न सफल हुनु आफूहरुको लागि ठुलो गर्व र अहोभाग्यको विषय भएको बताउनुभयो।

 प्रिन्सिपल राजवंशीले संस्थापक प्राचार्य र उहाँको टिमले दिलाएको  सफलतालाई आफूहरुले जोगाइराख्नुपर्ने चुनौती  रहेको  बताउनुभयो । 

त्यसक्रममा विद्यालयका पुराना कर्मचारी  सन्तपाल डंगोलले  संस्थापक प्राचार्य लक्ष्मणको बहुमुखी प्रतिभाका बारेमा प्रकाश पार्दै उहाँको व्यक्तित्व र क्षमताले इन्स्टिच्युटले उच्चतम सफलता हासिल गर्न सकेको बताउनुभयो । उहाँले लक्ष्मण सर देशकै शैक्षिक उन्नयनका चम्किला तारा रहनुभएको र उहाँकै क्षमताका कारण वनस्थलीले देश र विदेशमा राम्रो प्रतिष्ठा आर्जन गर्न सकेको स्पष्ट पार्नुभयो । स्मृति दिवसमा विद्यालयका पूर्व कर्मचारी संगठनका तर्फबाट राजेश रौनियार तथा अर्जुन केसीले लक्ष्मण राजवंशीका थप योगदान र भूमिकाका बारेमा  प्रकाश पारेका थिए ।

 कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ , विद्यालयका शिक्षक ऋषिराम उपाध्याय तथा पूर्व विद्यार्थी यादव भट्टराई  लगायतले संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको बहुआयमिक व्यक्तित्व र सफलताका बारेमा प्रकाश पार्नुभएको थियो।

सोही अवसरमा विद्यालयमा ३० वर्ष सम्म अनवरत सेवा गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई  सम्मान गरिएको थियो ।सम्मानित व्यक्तित्वका बारेमा पूर्व विद्यार्थी यादव भट्टराई र विद्यालयकी भाइस प्रिन्सिपल सुनिता सिंहले प्रकाश पार्नुभएको  थियो। 

 त्यस अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका, विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले संस्थापक प्रिन्सिपल लक्ष्मण  राजवंशीको शालिकमा पुष्पगुच्छा अर्पण  गरेका थिए ।