काठमाडौं ।
काठमाडौंमा नेपाली कांग्रेस ले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग वैशाख ६ गते छलफल गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा विशेष चर्चा हुने बताइएको छ।
यसैबीच, पार्टीले उपसभापति विश्वप्रकाश शर्मा लाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय गर्ने जिम्मेवारी दिएको छ।
बैठकमा गण्डकी प्रदेशमा मन्त्री हेरफेरको विषय पनि उठ्नेछ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त गरेपछि पार्टीभित्र छलफलको आवश्यकता देखिएको हो। कांग्रेस र एमालेबीच ४–४ मन्त्रालय भागबण्डा गर्दै मन्त्रीहरू परिवर्तन गरिएको थियो।











प्रतिक्रिया