विवाद र उपलब्धिबीच कला क्षेत्रको वर्ष २०८२

470
Shares

वर्ष २०८२ नेपाली कला क्षेत्रका लागि औसत रह्यो। अन्य वर्षहरू जस्तै यस वर्ष पनि कला क्षेत्र विभिन्न विवादले घेरिएको देखियो। वर्षभरि कलाक्षेत्रमा के के भए। विस्तृत रिपोर्ट

सुन्दरीहरूको संसद् प्रवेशले थपियो नया आयाम


नेपालको संघीय संसद्मा सौन्दर्य प्रतियोगिता, सौन्दर्य र फिल्म क्षेत्रबाट स्थापित केही चर्चित महिला अनुहारले प्रवेश पाए। कला, सौन्दर्य र मनोरञ्जन क्षेत्रबाट स्थापित व्यक्तित्वहरूको संसद्् प्रवेशले राजनीतिक प्रतिनिधित्वमा नया“ आयाम र रोमाञ्चकता थपियो। यसपटकको प्रतिनिधित्वमा विशेषतः महिलाको उपस्थिति उल्लेखनीय भयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र अभिनेत्री, मोडल तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मालाई समानुपातिक सांसदका रूपमा संसद्मा पठायो।

कला क्षेत्रबाटै सामाजिक अभियन्ताका रूपमा चिनिएकी धादिङकी आशिका तामाङ धादिङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद बनिन्। ३९ हजार १ सय २८ मत प्राप्त गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोडल तथा सन् २००६ की मिस टिन खुस्बु ओलीलाई समानुपातिक सांसदका रूपमा संसद्मा पठायो। सो पार्टीले उनलाई प्रमुख सचेतक पनि बनाएको छ।

गतिशील लोकतान्त्रिक पार्टीकी संघीय समिति सदस्य तथा महिला विभाग प्रमुखसमेत रहेकी अभिनेत्री निशा अधिकारी काठमाडौ“–५ मा प्रत्यक्षतर्पmको उम्मदेवार बनिन्। तर जित हासिल गर्न सकिनन्।

सौन्दर्य प्रतियोगितामा विवाद


फागुन दोस्रो साता सौन्दर्य प्रतियोगिता मिस ग्रान्ड नेपाल २०२५ विजेता जेसिका सिंह ठकुरीले उपाधि त्यागेको घोषणा गरिन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले व्यक्तिगत गरिमा, मूल्य र आत्मसम्मान जोगाउन यस्तो निर्णय लिनुपरेको जनाउ“दै सो ताज त्यागिन्।

राष्ट्रिय आयोजक संस्थास“गको अनुभव अत्यन्त पीडादायी र कठिन रहेको दाबी गर्दै उनले दुव्र्यवहार, धम्की र निरन्तर मानसिक दबाबको सामना गर्नुपरेको तथा यसका कारण मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पारेको दाबी गरिन्। त्यस्तै मिस भिवाकै प्रतियोगी सलोनी विष्टले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि आयोजकले गरेको यौन दुव्र्यवहारबारे सामाजिक सञ्जाल टिकटकमार्फत खुलासा गरिन्। मिस भिवाको आयोजक संस्था उमंग क्रियसनका सस्थापक उद्वव अधिकारीले आफूलाई भेट्न बोलाएको र यौन दुव्र्यवहार गरेको उनले बताएकी थिइन्।

निर्माता संघमा नया नेतृत्व
मंसीर १ गते नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भए। त्यस्तै महासचिवमा निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित, उपाध्यक्षमा रौनकविक्रम क“डेल र ज्योतिराज राई सर्वसम्मत चुनिए भने कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए। त्यस्तै ९ सदस्य पदका लागि ७ जना चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डितले मात्र आवेदन दिएपछि सबै जना सर्वसम्मत निर्वाचित भए।

बार्लिनालेमा भाम
फागुन दोस्रो साता सम्पन्न ७६औं बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभल (बर्लिनाले) मा नेपालको तर्फबाट फिल्म निर्देशक मीनबहादुर भाम अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा रहे। फेस्टिभलअन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालबाट चार फिल्मकर्मी छनोट भएका थिए। एक सय २० देशबाट आवेदन परेका तीन हजार ४ सय ३८ बाट छानिएका दुई सय ट्यालेन्ट्मा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमागेलु शेर्पा र रीना मोक्तान छनोट भएका थिए।