वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन


नुवाकोट ।

पहिचान र पुख्र्यौली थातथलो जोगाउने उद्देश्यले यही वैशाख १८ गते ग्लान समाज नेपालको पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।

भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान भन्ने नाराका साथ सो सम्मेलन दुप्चेश्वर गाउँपालिका वडा नं. ४ स्थित गोल्फु नम्सापुरानमा हुन लागेको हो । सो ठाउँ तामाङ समुदायको पुख्र्यौलीको भूमिका रुपमा चिनिन्छ ।

सोही अवसरमा ग्लान ङारदीम संग्रहालयको पनि उद्घाटन ह्ुने कार्यक्रम रहेको छ । सो संग्रहालय बनाउन तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको अग्रसरतामा संघीय सरकारले ९० लाख बजेट विनियोजित गरिएको थियो । त्यसै गरी दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङका अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका ग्लानहरूलाई एउटै सूत्रमा बाँध्न र आफ्नो पुख्र्यौली थलोको संरक्षण संवद्र्धन गर्दै सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने टेवा पु¥याउने छ ।