छैटौै कटारी गोल्डकप : काठमाडौंलाई हराउँदै झापा सेमीफाईनल प्रवेश

752
Shares

उदयपुर ।

उदयपुरको कटारीमा २८ गते शनिबारदेखि शुरु भएको छैटौं कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो खेलमा काठमाण्डौलाई हराउँदै चात्या फुटबल क्लब झापा सेमी फाईनल प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा डिफेन्डिङ्ग च्याम्पियन च्याम्पियन ब्वाईज काठमाडौंलाई ३–२ गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सेमीफाइनलकालागि सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफको १० मिनेटमा च्याम्पियनकालागि जर्र्सी नम्बर १५ का सविन राईले गोल गर्दै अग्रता लिएको भए पनि पहिलो हाफकै अतिरिक्त समयमा झापाका लागि जर्सी नम्बर ११ का फागुराम थारुले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।
दोस्रो हाफ सुरु भए लगत्तै झापाकै जर्सी नम्बर १२ का मिलन राईले गोल गरेर काठमाण्डौलाई उछिनेका थिए । तर च्याम्पियनका लागि जर्सी नम्बर १६ का दगेन राईले दोस्रो हाफको २३ औं मिनेटमा गोल गरेर बराबरी बनाएका थिए ।

तर दोस्रो हाफको ३० औं मिनेटमा झापाका लागि जर्सी नम्बर १४ का मिलन लिम्बुले गोल गरेपछि झापाको गोल संख्या तीन पुग्यो । त्यसपछी दुवै टिमबाट गोल हुन सकेन । खेलको म्यान अफ द म्याच झापाका मिलन राई घोषित भए ।
उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले नगद पाँच हजारका साथमा ट्रफी , र मेडल प्रदान गर्नुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाखका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन ।

त्यसैगरी उपविजेताले नगद तीन लाखका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । ८ टिम सहभागी प्रतियोगिता आगामी पाँच वैशाखमा सकिने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल आज मंगलबार केराबारी फुटबल क्लव ,मोरङ्ग र पाँचौ कटारी गोल्डकपको उपविजेता शहलेस युथ क्लव सिरहावीच हुने आयोजकले जनाएका छन ।