काठमाडौँ ।
तनहुँको सुप्रसिद्ध तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । गलेश्वर धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले शुक्रबार आयोजित कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गर्नुभएको हो ।
स्वामी गिरिजीले भित्तेपात्रोमा अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य, व्यापार व्यवसाय सुरु÷खोल्ने, गृह निर्माण, गृह प्रवेश लगायतका शुभ मुहुर्तसहित सम्पूर्ण तिथिमिति सजिलै छुट्ट्याउन सकिने जानकारी रहेको बताउनुभयो। पवित्र तीर्थस्थलको महिमा झल्काउने तस्बिरहरू पनि भित्तेपात्रोमा समावेश गरिएको छ ।
गलेश्वर आश्रमले २०८३ माघ १ गतेबाट एक महिना लामो लक्ष्यचण्डी विराट महायज्ञ आयोजना गर्न लागेको छ । कलियुगमा भगवती महामाया चण्डी र भगवान श्रीगणेशको उपासना गर्दा परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुने शास्त्रीय मान्यताको आधारमा आश्रमले महायज्ञ आयोजना गर्न लागेको हो ।











प्रतिक्रिया