एजेन्सी ।
भारतको ओडिसामा रहेकाे श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीले मृत्यु भएकाे छ ।
आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना भएका थिए । जसलाई बचाउने क्रममा अस्पतालका करिब ११ जना कर्मचारी समेत जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाकाे बारेमा जानकारी लिएका छन् । उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् । यो अस्पताल ओडिसाकै सबै भन्दा ठूलो स्वास्थ्य संस्था मानिन्छ । जहाँ राज्यभरीका बिरामी उपचारका लागि आउने गरिएकाे हाे ।
अस्पतालका आईसीयू कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि अक्टोबर सन् २०२५ मा पनि जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा ८ जना बिरामीको ज्यान गएको थियो। साेही समयमा स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन । जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरूकाे मृत्यु भएकाे थियाे ।











प्रतिक्रिया