गोरखा १-मा रास्वपाका सुदन गुरुङ विजयी

940
Shares

काठमाडौँ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ विजयी भएका छन् । गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन्।