चितवनमा श्रम संस्कृति पार्टीको सभा


चितवन।
श्रम संस्कृति पार्टी नेपालले चितवनको चौबिसकोटी क्षेत्रमा नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गर्दै बुधबार चुनावी कार्यक्रम सुरु गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ चितवन आइपुगेका छन्।

कार्यक्रमस्थलमा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ भने समयसँगै भीड बढ्दै गएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता रहेको छ।