काठमाडौँ ।
निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले सकारात्मक वातावरण निर्माणका लागि निर्वाचन आयोग मात्र नभई सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।
आयुक्त तुलाधरले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूसँग आयोगले निरन्तर समन्वय गरिरहेको जानकारी दिनुभयो। साथै, निर्वाचनका प्रमुख साझेदार राजनीतिक दलहरूसँग पनि नियमित छलफल भइरहेको उहाँको भनाइ छ।











प्रतिक्रिया