तेजस्वी र केभीकेएसएस फाइनलमा


काठमाडौं ।

आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ को झीनोअन्तरले पराजित ग¥यो । तेजस्वीकी एस्थर बरुवालले ८ अंक जोडिन् । अर्को सेमिफाइनलमा केभीकेएसएसले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २२–१४ ले हरायो । केभीकेएसएसकी मुस्कान मितोकले १२ स्कोर गरिन् ।

ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन् । ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले पाखा लगायो । ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले । संस्कृति शिक्षा सदन विरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी भयो । एन्जल्स हार्टका लागि रुपेश पौडेलले २१ स्कोर गरे ।