काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका २३० पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज दिउँसो २ बजे गर्ने तयारी छ।
सभापति गगन थापाले असोज ३१ गते नै शपथ लिइसकेका छन्। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट चयन भएका अन्य पदाधिकारी तथा सदस्यले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ।











प्रतिक्रिया