एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा


काठमाडौं ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार पीसीबीले एनओसीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पीसीबीले एनपीएल खेल्न थप २५ हजार अमेरिकी डलर मागेपछि पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको हो।

कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडी अनुबन्ध गरेका छन्। तर, एनओसी नआउँदा खेलाडीको सहभागिता निश्चित हुन सकेको छैन। साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् भने अन्य खेलाडीको सहभागिताबारे पनि अन्योल कायम छ।

पाकिस्तानी खेलाडी खेल्न नपाउँदा फ्रेन्चाइज टोलीलाई चार विदेशी खेलाडीको कोटा पूरा गर्न कठिन हुने देखिएको छ।