काठमाडौँ ।
नेपालमा डेंगु, स्क्रब टाइफस र जापानिज इन्सेफ्लाइटिसलगायत कीटजन्य रोगको प्रकोप बढ्दै गएको छ। पर्याप्त बजेट, जनचेतना र प्रभावकारी नियन्त्रण योजनाको अभावले यस्ता रोग रोकथाममा चुनौती थपिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगुबाट तीन जना र जापानिज इन्सेफ्लाइटिसबाट २८ जनाको मृत्यु भएको छ।
जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, सरसफाइमा लापरबाही र लामखुट्टे तथा किर्नाको बासस्थान विस्तारले रोगको जोखिम बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। उनीहरूले रोग नियन्त्रणका लागि तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र नागरिकले पनि व्यक्तिगत सुरक्षा तथा सरसफाइमा ध्यान दिनुपर्ने बताएका छन्।











प्रतिक्रिया