कांग्रेस महाधिवेशन: मतदानको समय दुई घण्टा थपियो


काठमाडौँ।

नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय थप गरिएको छ।

आज बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख छ।

निर्धारित समयसीमाभित्रै उपस्थित भई मतदान गर्नुहुन सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता एवं सरोकारवालाहरूलाई अनुरोध गरिएको छ।