काठमाडौं ।
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजसम्म हुने भएको छ।संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले समिति सचिवालयले प्रस्ताव गरेको तीनदिने सुनुवाइ तालिका स्वीकृत गरेको हो।
प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्। तीमध्ये २ वटा सबै प्रस्तावित राजदूतविरुद्ध र ५ वटा भने व्यक्ति तोकेर दर्ता भएका छन्।प्राप्त उजुरी आज समितिका सदस्यहरूलाई वितरण गरिएको छ।
साथै, प्रस्तावित राजदूतहरूले समितिमा पेश गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइएको छ।











प्रतिक्रिया