काठमाडौं।
नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ।
सोमबार खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव पारित गरेको हो। संशोधित विधानअनुसार अब नेपाली कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार पार्टीको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। त्यसमध्ये ६१ जना सदस्य मनोनीत हुनेछन्।
उपसभापतिमा एक जना महिला र एक जना समावेशी समूहबाट अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीतर्फ ११ जना निर्वाचित भएर आउनेछन् भने चार जना मनोनीत हुने व्यवस्था गरिएको छ।











प्रतिक्रिया