धनगढी ।
कैलालीको भजनी नगरपालिका–३ ठेकीपुरचोकमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट गरेको आरोपमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए। घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले सामान ओसारपसारमा प्रयोग भएका से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।











प्रतिक्रिया