सिन्धुलीमा पोखरीमा डुबेर आमा–छोरीको मृत्यु


सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर

आमा–छोरीको मृत्यु भएको छ।

दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको बिहीबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो करिब २ बजे पोखरीमा नुहाउने क्रममा बालिका डुबेकी थिइन्।

छोरी डुबेको खबर साथीबाट पाएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।