महिनादिनपछि गल्छी–वेत्रावती सडकमा यातायात सञ्चालन


काठमाडौं । 

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण करिब महिनादिनदेखि अवरुद्ध गल्छी–वेत्रावती सडकखण्डमा शुक्रबारदेखि यातायात पुनः सञ्चालनमा आएको छ।ट्र्याक खोल्ने काम सम्पन्न भएपछि रसुवा पुनः सडक सञ्जालसँग जोडिएको हो। बाढी र पहिरोका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा क्षति पुगेको थियो।

सडक खुलेसँगै स्थानीयवासी तथा यात्रुलाई राहत पुगेको छ भने चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढीतर्फको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ। बाढीले बगाएका पुलका स्थानमा बेलिब्रिज निर्माणको काम पनि अघि बढाइएको छ।

नुवाकोटतर्फ बेलिब्रिजको जग तयार भइसकेको छ भने रसुवातर्फको जग निर्माण अन्तिम चरणमा पुगेको छ। एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।