काठमाडौँ ।
सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा विभिन्न संशोधन विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।
राष्ट्रियसभामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्रीले मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत हुने कार्यसूचीसमेत रहेको छ।
संसद्अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्नेछ।











प्रतिक्रिया