मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबारका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा विभिन्न समसामयिक विषयमा छलफलसँगै आवश्यक निर्णय गरिने बताइएको छ।