काठमाडौं ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका श्रेष्ठ २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।
उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ परेका श्रेष्ठलाई पुनः कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, आफ्नो टोलछिमेकमा अपराध गरी लुकीछिपी बसेका व्यक्तिहरूबारे सूचना उपलब्ध गराउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।











प्रतिक्रिया