मनाङ ।
नेपाली सेनाको नं. ३ बाहिनी खैरेनीटारका बाहिनीपति सहायक रथी सन्तोष कार्कीको नेतृत्वमा टोलीले मनाङका सञ्चार सम्पर्कविहीन क्षेत्रको अनुगमन थालेको छ।
सहायक रथी कार्की पोखराबाट हेलिकप्टरमार्फत मनाङ सदरमुकाम चामे अवतरण गरेपछि प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनाल र नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी आशिष पाण्डेसहितको टोली दिउँसो १ः३० बजे मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गतका सञ्चार सम्पर्कविहीन क्षेत्रको अनुगमनका लागि उडेको हो।
यसैबीच, सोही हेलिकप्टरमा आएका बम डिस्पोजल विशेष टोलीका सेनानी पुष्पराज न्यौपानेसहित दुई जनाको टोलीले आंशिक रूपमा थुनिएको मर्स्याङ्दी नदीको अवस्थासमेत अनुगमन गरिरहेको छ।
लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण प्रभावित मनाङका दुर्गम क्षेत्रमा पछिल्लो अवस्थाको जानकारी लिन तथा जोखिमको आकलन गर्न अनुगमन भइरहेको छ।











प्रतिक्रिया