ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले घर ढल्यो


काठमाडौँ।

ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढलेको छ।

ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको घर पहिरोमा परी पूर्ण रूपमा ढलेको हो। महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम हाछेथुले पहिरोका कारण घर ढलेको जानकारी दिए।

घर ढले पनि त्यहाँ रहेका मानिसहरू भने सकुशल रहेको बताइएको छ। लगातारको वर्षापछि पहिरोले जमिन कमजोर बनाएपछि घर ढलेको प्रारम्भिक अनुमान गरिएको छ।