विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोगको छलफल


काठमाडौं ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरोकारवाला र जानकारसँग छलफल अघि बढाएको छ।आयोगले विदेशमा रहेका नेपालीको संख्या, मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचनमा नेपाली कूटनीतिक नियोगको भूमिकाबारे अध्ययन र छलफल गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार विदेशमा रहेका नेपालीको यकिन विवरण संकलन, मतदान केन्द्रको व्यवस्था, मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक तथा प्रशासनिक पक्षमा समेत छलफल भइरहेको छ।आयोगको अध्ययनमा दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्पबारे समेत अध्ययन भइरहेको छ।

यी व्यवस्थयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग पनि छलफल गरेको जनाएको छ।आयोगको अध्ययनमा दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्पबारे समेत अध्ययन भइरहेको छ। यी व्यवस्थाका लागि आवश्यक कानुनी तथा नीतिगत परिवर्तनबारे पनि आयोगले विचार गरिरहेको छ।